बागलुङ । अखिल नेपाल किसान संघ काठेखोला गाँउपालिकाको भेला २०७५ भदौ ८ गते तंग्राममा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर बहादुर थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न सो भेलालाई अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, राष्ट्रिय जनमोर्चा काठेखोला गाँउपालिका अध्यक्ष ओम बहादुर पुन, राष्ट्रिय जनमोर्चा काठेखोला गाँउपालिका उपाध्यक्ष पुर्ण बहादुर थापाले शुभकाकामना मन्तव्य दिनुभएको थियो ।
भेलाले दिलबहादुर पुनको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल किसान संघ काठेखोला गाँउपालिका समिति चयन गरेको छ । जसको उपाध्यक्षमा पृथ्वीराज कडेल, सचिव कृष्णबहादुर खत्री, कोषाध्यक्ष हर्कराम थापा, सदस्यहरुमाः पुर्ण बहादुर पुन, रुद्र बहादुर थापा र कमला पुन रहनु भएको छ । भेला दिलबहादुर पुनको अध्यक्षता, भिम बहादुर बि.क.को सञ्चालन र उमेश थापाको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।




